एसिया कप क्रिकेट: आज भारत र पाकिस्तान खेल्दै
काठमाडाैं | भदौ १६, २०८०
काठमाडौं: एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो ३:१५ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले आज पहिलो खेल खेल्न लागेको हो ।
नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

